जनकपुरधाम, चैच ८ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अगामी स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रुपमा लिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । उनले सोही अनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
जनकपुरधाममा चुनाव लक्षित मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेताकार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो । हामी माओवादी केन्द्रको लागि लडाइँ हो’ उनले भने ‘लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस् । पुरै शक्ति लगाएर एकलै कसरी चुनाव जित्ने तिर लाग्नुस्, होमिनुस् ’
एकलै चुनाव जित्ने तयारी गर्नलाई उनले गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि आग्रह गरे ।
माओवादी हारे देश हार्ने प्रचण्डले बताए । एमालेप्रति लक्षि गर्दै उनले प्रतिक्रियावादी र अन्तराष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिँसाबले षड्यन्त्र गरिरहेको दावी गरे ।
‘माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको हो । समानुपातिक, समावेशीता लागु भएको हो । यस विरुद्ध प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन् । माओवादीलाई जसरी पनि सिद्ध्याउने रणनीति बनाएका छन्’ प्रचण्डले भने ‘त्यस कारण प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी जित्नै पर्छ । माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ ’
अबको निर्वाचनमा धान्धली गर्नेहरुलाई प्रतिकार गर्न, नंग्याउन र परास्त गर्न समेत प्रचण्डले निर्देशन दिए ।
देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दावी गर्दै उनले काँग्रेसले आफ्ना नेताकार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्साए ।
संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको प्रचण्डको भनाइ थियो । देशमा भएको ठूलठुला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ । मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन भन्ने देखाउनका लागि प्रतिगामी षड्यन्त्र सदनभित्र भइरहेकै छ ।’
प्रतिगमन गर्न हिजो सेटिङमा हिँडेका तत्व अहिले पनि सेटिङमै रहेको उनले बताए । ‘मधेसमा संघीयताको पक्षमा जबर्जस्त जनमत छ । समानुपातिक समावेशीको पक्षमा जनमत छ,’ उनले भने, ‘मधेसमा कसरी संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउने भनेर देशभित्रका प्रतिक्रान्तिकारी र देश बाहिरका प्रतिक्रियावादीबीचमा निकै ठुलो साँठगाँठ देखिएको छ ।’
हिजो प्रतिगमनका पक्षधर अहिले पनि प्रतिगमनकै पक्षधर रहेको प्रस्ट पार्दै उनले त्यसविरुद्ध गाउँगाउँमा गएर जनतालाई खबरदारी गर्नुपर्नेमा जोड दिए । कम्युनिस्ट क्रान्तिकारीका लागि आगामी चुनाव चुनावमात्र नभएर एउटा ‘ब्याटल’ का रुपमा रहेको उनले बताए । ‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो,’ उनले भने, ‘गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो ।’ प्रतिक्रान्तिकारीहरु पूरै पराजित भइनसकेको उल्लेख गर्दै उनले तिनीहरुलाई जनताको बलमा परास्त गर्नुपर्ने बेला आएको बताए ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रशिक्षण मन्तव्य राखेका थिए । कार्यक्रममा माओवादीका नेता गिरीराजमणि पोखरेल, योगकुमार बरबरिया, उमेश यादव, दिलिप साह, भरतप्रसाद साहलगायत मधेशका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post