धनुषा, २०७८ चैत्र ९
हालै नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साहको पहलमा बुधवार धनुषाको विदेह नगरपालिका–८ बफैमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरमा ७ सय ५० जनालाई निःशूल्क औषधि, उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो । विशेषज्ञ चिकित्सकहरु डा. विजय कापर (गाइनोकोलोजी) , डा.संजय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियेट्रिक), डा. संजय साह (पेडियेट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी), डा. प्रेमकुमार साह (क्रिटिकल केयर), का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
जागिर छाडेपछि गाउँ फर्केका पूर्व एसएसपी गोविन्द कुमार साह समाजिक गतिविधि तर्फ केन्द्रित बनेका छन् । सामाजिक भूमिकासंग जोडिएको पारिवारिक इतिहासलाई कायम राख्न आफू प्रयत्नशील रहने उनको भनाई छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारीमा रहेका साहले “ चुनाव लड्न आउनै पर्छ ” भनेर गाउँलेहरुले फोन गरेपछि पदबाट राजिनामा दिएको बताएका थिए ।
Discussion about this post