जनकपुरधाम, चैत १७ गते
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी दिन प्रति दिन बढदै गइरहेको छ । निर्वाचन आउन डेढ महिना बाँकी हुँदा जनकपुरधाममा चुनावी माहोल तातिएको हो । स्थानीय निकायको निर्वाचनको मध्य नजर राख्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले विभिन्न वडाहरुमा समिति गठन गर्न लागेका हुन । जनकपुरधाम उपमहामनगरपालिका वडा २२ र २४ मा जउनपा नगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा लोसपाकाको वाड कमिटी गठन भएको छ ।
वडा कमिटी गठन कार्यक्रममा नगर अध्यक्ष चौधरीले अगामी आउने स्थानीय निकायको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका लोसपामय हुने बताए । वडा नं २२ बसविट्टी र २४ बसहियाको आयोजित वार्ड स्तरीय भेला कार्यक्रमको सम्बोधनक्रममा सो कुरा बताएका हुन । मधेशी जनताको हक अधिकारको लागी अहिले पनि संघर्षरत रहेकोले लोसपालाई निर्वाचित गराउन निधो बोकी अगाडी बढ्न अध्यक्ष चौधरीले सबैलाई आग्रह गरेका हुन । आफ्नो अधिकार र नगरको विकासको निम्ति लोसपामा लाग्न उनले अनुरोध गरेको छ । अध्यक्ष चौधरीले लोकतन्त्रमा लोककल्याणकारी कार्य नभएसम्म समाज सुदृढ र समुद्ध कुनै हालतमा हुन नसक्ने बताए । मधेशीको अधिकार र मधेशको मुद्दालाई स्थापित र लक्ष्यसम्म पु¥याउने लोसपा मात्र रहेको बताएका हुन । उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post