जनकपुरधाम, चैत १९ गते
ज्येष्ठ नागरीकलाई लक्षित गरेर जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १०मा निः शुल्क आखाँ शिविरको आयोजना गरिएको छ ।
वडाका ज्येष्ठ नागरीकलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका वडा नं १० ले निः शुल्क आखाँ शिविर गरेको हो । वडा नं १० को आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान तथा स्वर्णिम कन्सल्टेन्सीको सहकार्यमा एक दिने निः शुल्क आखाँ शिविर संचालन गरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का अध्यक्ष मिथिलेश कुमार कर्णले जानकारी दिए । निः शुल्क संचालन गरिएको आखाँ शिविरमा महिला, पुरुष लगायत १६० जनाले चेक जाँच गराएको वडा सचिब जमूना भूजेलले जानकारी दिइन् । शिविरमा आखाँ, विपी, मोतियाविन्द,मुटु रोग, लगायतका चेक जाँच गरेका हुन । शिविरमा डा.अमित यादवको नेतृत्वमा चिकित्सकहरुले जेष्ठ नागरीकहरुको उपचार गरेका थिए ।
Discussion about this post