स्थानीय तह निर्वाचनको मिति नजिकिदै गईरहेको छ । जति जति स्थानीय तह निर्वाचनको मिति नजिकिदै गईरहेको छ विभिन्न दलमा उम्मेदवारी पाउनका लागि नेता कार्यकर्ताहरु दौडधूप गरिरहेका छन् । प्रत्येक दलबाट अधिक अकांक्षी देखिएपछि नेताहरु आ–आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी पनि आकांक्षी देखिएका छन । उनले पनि पार्टी भित्र आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका छन ।
मेयरका आकांक्षी चौधरीसंग विभिन्न संघ संस्था सफलतापूर्वक चलाएको अनुभव छ । चौधरी लोसपाको जनकपुरधाम उपमहानगरपालिकाका नगर अध्यक्ष पनि हुन् ।
तात्कालिन जनकपुर अंचल बस व्यवसायी संघमा सदस्यबाट प्रवेश गरेका चौधरी गत १६ वर्षको अवधिमा दुर्घटना बीमाका संयोजक हुँदै मेयर पदका प्रत्याशी चौधरी अहिले माँ जानकी यातायात प्रा.लि. का अध्यक्ष हुन् । बस व्यवसायी संघमा तीन कार्यकाल र माँ जानकी यातायात प्रा.लि.मा वर्तमान कार्यकाल सहित चौथो पटक उनी अध्यक्षका जिम्मेवारी सम्हालि रहेका छन ।
उनको कार्यप्रति इमान्दारिता, दक्षता र सहयोगी स्वाभावकै कारण उनी बस व्यवसायीहरुको छाता संगठनमा तीन पटक चुनाव लडेर र एक पटक सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भई चौधरी सक्रियतापूर्वक भूमिका निर्वाह गरिरहेका छन् । यसका अतिरिक्त उनी जनकपुर अञ्चल ग्यास व्यवसायी संघमा सदस्य देखि अध्यक्षसम्मका करीब ८ वर्ष सफलतापुर्वक कार्यकाल पुरा गर्दै जिम्मेवारी वहन गरिसकेका छन ।
जनकपुर पेट्रोलियम एशोसिएनमा समेत उनी एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन भने जनकपुर उद्योग वाणिज्य संघमा समेत कार्यकारिणी सदस्यको रुपमा सफल कार्यकाल पुरा गरिसकेका छन । यसबाहेक अन्य संघ संस्थामा समेत उनले आफ्नो कार्यकाल सफलतापुर्वक निर्वाह गरेका छन । उनी आबद्ध संघ संगठनमा सदस्यहरुलाई गरेको सहयोग र सेवा कै कारण जुनसकुै पदमा लड्दा हार्नु भएको छैन ।
विद्यार्थी जीवनदेखि कांग्रेसको नेपाल विद्यार्थी संगठनबाट राजनीतिक शुरु गरेका चौधरी २०७० सालमा दोश्रो संविधान सभाको निर्वाचनमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी पार्टीबाट धनुषा क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्यमा चुनाव लडेका थिए ।
त्यसपछि राष्ट्रिय जनता पार्टी हुँदै जनता समाजवादी पार्टीमा केन्द्रिय सदस्यको भूमिका निर्वाह गरिसकेका छन । यसका साथै समाजसेवा कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका छन । सालिन एवं सहयोगी सेवाभावका व्यक्ति चौधरी संघ संगठन बाहेक चौधरी आफ्नो राजनीतिक जिम्मेवारी पनि पुर्ण रुपमा पछिल्लो निर्वाचनमा सफल पारेका छन । पछिल्लो पटक २०७२ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो पदीय दायित्व पुरा गर्दै तात्कालिन राजपाका उम्मेदवारहरुलाई भारी मतले जिताउने चौधरी सफल व्यक्तित्व हुन । गत निर्वाचनमा चौधरी राजपाबाट धनुषा क्षेत्र नम्बर ३ को चुनाव प्रसार समितिका संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनी भन्छन दिनरातको अथक मेहनत र लगनशीलताले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राजेन्द्र महतो, प्रदेश सभामा परमेश्वर साह र जनकपुरधाम उपमहानगरपालिकाको मेयर, उपमेयर तथा एक दर्जनभन्दा बढी वडाध्यक्ष भारी मतले जिताउन सफल भयौं । अहिले चाहिं पार्टीले नै आफूलाई मेयरको उम्मेदवार बनाउने गरी आफूलाई नगर अध्यक्षको जिम्मेवारी दिएको छ । म आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै नगरको प्रत्येक वडामा तिव्र रुपमा दिनराति खटेर संगठन विस्तारमा लागेका छौं ।
लोसपाले तपाईलाई नै मेयरको टिकट दिन्छन भन्ने कतिको विश्वस्त हुनु हुन्छ भन्ने जिज्ञासामा चौधरी भन्छन ः म पार्टीको एउटा नेता मात्र नभई जिम्मेवारी पुरा गरिसकेका कमाण्डर हुँ, पार्टी भित्र खासै त्यस्तो अन्य उम्मेदवारको प्रत्यक्ष रुपमा दाबेदारी नभएकोले मलाई नै टिकट भेटछ भन्ने विश्वस्त छु ।
टिकट भेटेपनि निर्वाचन जित्न सक्नु हुन्छ भन्ने प्रसंगमा उनी भन्छन ः जसले आफ्नो बलबूता र लगनशीलताले अरु उम्मेदवार लाई जिताउन सक्छ भने आफू जित्न अझै मेहनत गर्नेछ र जनताको विश्वास जितेर निश्चित नै जित्नेछ । उनले भने जसरी अन्य संघ संगठनको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेको छु त्यसरी नै जनकपुरधाम उपमहानगरपालिका मेयर पदको जिम्मेवारी पुरा गर्नेछु ।
Discussion about this post