जनकपुरधाम, चैत २७ गते
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी दिन प्रति दिन बढदै गइरेको छ । निर्वाचनको समय अब ३३ दिन मात्र बाँकी हुँदा जनकपुरधाममा चुनावी माहोल तातिएको हो । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा कसरत जोडतोडका साथ चलिरहेको छ । यसै क्रममा नेपाली कांग्ेस जनकपुरधाम वडा नं १२ मा एकै परिवारका वडा अध्यक्षमा तीन जनालाई सिफारिस गरेका छन् । नेपाली कांग्रेसको जउनपा वडा १२ को वडा कार्य समितिको बसेको बैठकबाट एकै परिवारका तीन जनालाई वडा अध्यक्षमा सिफारिस गरेको हो । नेपाली कांग्रेसको २०७८ चैत २१ गते वडा स्तरीय प्रथम बसेको बैठकमा ६ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरिएको थियो । सो बैठकबाट वडा अध्यक्ष उम्मेदवारका लागी शत्रुधन यादव, गंगा प्रसाद यादव,सोमन्त यादव,दिलीप मंडल,पुनिता देवी यादव र बैधनाथ महतोको नाम सिफारिस गरिएको थियो । तर क्षेत्रिय कार्यसमितिले पुन यस वडामा बैठक बसाई नेपाली कांग्रेसको विद्यान अनुसार एक महिला सहित जम्मा तीन जनालाई वडा अध्यक्षका उम्मेदवार बनाउन पत्रचार गरेको थियो । सोहि अनुसार २०७८ चैत २६ गते दोस्रो बैठक बस्दा नेपाली कांग्ेसका वडा कार्यसमितिका अध्यक्ष शत्रुधन यादवले एकलौटी रुपमा तीन जनाको नाम सिफारिस गरेको क्षेत्रिय प्रतिनिधि सोमन्त यादवले आरोप लगाएका छन् । उक्त तीनै जना उम्मेदवार एकै परिवारको रहेको क्षेत्रिय प्रतिनिधि सोमन्त यादवले जानकारी दिएका छन् । वडा अध्यक्षमा एकै परिवारका शत्रुधन यादव, गंगा यादव र पुनिता देवी यादव रहेको क्षेत्रिय प्रतिनिधि यादवले बताए । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्ेस पार्टीको विद्यान अनुसार वडा तहको उम्मेदवार हुनको लागी कम्तीमा समावेशी ढङ्गबाट नाम सिफारिस हुनु पर्ने प्रावधान रहेको छ । हिजो वडा अध्यक्षमा सिफारिस गरिएको नाम एकै परिवारको रहेकोमा पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट देखिएको हो । आम कार्यकताको इच्छा विपरित कार्य भएकोले तत्काल सिफारिस गरिएको नाम सच्चाउन सोमन्त यादवले आज एक विज्ञप्ती जारी गरी पार्टी संग मांग गरेको हो ।
Discussion about this post