जनकपुरधाम, चैत २७ गते
‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी दिन प्रति दिन बढदै गइरेको छ । निर्वाचनको समय अब ३३ दिन मात्र बाँकी हुँदा जनकपुरधाममा चुनावी माहोल तातिएको हो । विभिन्न पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका लागी हालसम्म उम्मेदवार छनौट गरे सकेको छैन । आज लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) ले नगर प्रमुखमा ५ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिस गरेको हो । आज लोसपाको नगर स्तरीय बसेको बैठकबाट नगर प्रमुखमा ५ जना र उप प्रमुखमा ५ जनाको नाम नगरबाट सिफारिस गरेका छन् । आज लोसपा का केन्द्रिय सदस्य रुकमिणी मंडलको प्रमुख अतिथि तथा पर्यवेक्षक परमेश्वर साह रोहवरमा नगर प्रमुख र उप प्रमुख सिफारिसका लागी पठाइएको छ । लोसपाका नगर सभापति मनोज कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकबाट नगर प्रमुखका लागी मनोज कुमार चौधरी, परमेश्वर साह, संजय चौधरी, अमर पंजियार र जानकी राम साहको नाम नगरबाट सिफारिस गरी पठाइएको हो ।
एप प्रमुखमा विभा ठाकुर,विभा पाण्डे, रीता मिश्र, पुनम झा मैथिल र पुनम साहको नाम नगरबाट सिफारिस गरी पठाइएको जनाएका छन् । आज बसेको बैठकबाट पार्टीका नेता , विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post