जनकपुरधाम, चैत २९ गते
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि विभिन्न राजनीतिकले उम्मेदवारका लागी जोडतोडका साथ कसरत गरिहेका छन् ।
कतिपय राजनीतक दलले आफनो उम्मेदवार समेत टुङ्गो लगाइसकेको छ । यसै क्रममा आज जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल) लोसपाको वडा स्तरीय बसेको बैठकबाट विभिन्न पदका लागी नाम सिफारिस गरेका हुन । लोसपाको वडा नम्बर ४ स्तरीय बसेको बैठकबाट सर्वसम्मतले वडा अध्यक्षमा सुदर्शन सिंहको नाम सिफारिस गरेको हो । वडा कमिटीले सर्वसम्मतबाट वडा अध्यक्षका लागी सुदर्शन सिंहको नाम सिफारिस गरी पठाइएका छन् ।
पार्टीको अधिनमा रहि वडा नं ४ का बासिन्दालाई निरन्तर सेवा दिदैं आएकोले वडा कमिटीले वडा अध्यक्ष पदका उम्मेदवारका लागी सिंहनै उपयुक्त रहेकोले सिफारिस गरी आजै नाम पठाइएको छ । वडा सदस्य पदका लागी पुष्पा कुमारी,मनोज कुमार भगत,विमल कुमार साह,त्रिदेव कुमार मिश्र,दिपक कुमार झा,लिया माया भूजेल,आशा कुमारी यादव,असगर अंसारी,अमृता सिंह,पवित्री देवी मेस्तर नाम सिफारिस गरी पठाइएको हो ।
Discussion about this post