जनकपुरधाम,बैशाख ९ गते
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा मनोज कुमार चौधरीको प्रवल सम्भावना देखिएको छ ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा चौधरी प्रचार प्रसारको प्रमुख भएर कार्यभार समेत सम्हालि सकेका छन् । लोसपाका जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति समेत रहेका चौधरी अगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा लोसपाबाट उनको उम्मेदवारी पर्ने सम्भावना प्रबल देखिएको हो । स्थानीय लोसपाका नेता तथा कार्यकर्ताहरुले अहिलेको अवस्था अनुसार नगर प्रमुखको टिकेट चौधरीले नै पाउनुपर्ने अडान राखेका छन् । उनीहरुले परमेश्वर साह सांसद समेत नगर प्रमुखको टिकेटका लागी अडान राखेपछि नेताहरु गुनासो गर्न थालेका छन् । नेताहरुले पार्टीबाट नगरको जिम्मेवारीे सम्हाल्ने चौधरीलाई नै टिकट दिनुपर्ने अडान राख्दै आएकोमा साहलाई टिकट दिने कुरा सुन्दा गुनासो समेत गर्न थालेका हुन । साहलाई मधेशी जनताको हकअधिकारका लागी लड्ने सांसद् पद नै उपयुक्त रहेको स्थानीय बताँछन् । साहको अगामी दिनमा मुख्यमन्त्री, मन्त्री बन्ने प्रवल सम्भावना समेत देखिएकोले नगरमामा आउनु उचित नरहेको स्थानीयवासी बताँउछन् । प्रदेशसभा सदस्य भईसकेका सांसद तल झर्नु कदापि उचित नरहेको कतिपयको तर्क छ ।
Discussion about this post