जनकपुरधाम बैशाख
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार मनोज यादवले नमूना गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका यादवले यस अघिको कार्यकालमा गर्न नसकेका कामहरु पूरा गर्नकै लागि आफूले पुनः उम्मेदवारी दिएको बताए ।
यादवले आफू निर्वाचित भए गाउँपालिकाको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘ आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गरेर देखाउने छु, आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो नबनाउनले प्रतिबद्धता व्यक्त गर्दछु ।’
यस अघि एमालेबाट अध्यक्ष पदमा निर्वाचित यादवले यस अघिको कार्यकालमा समेत काम गर्ने प्रयास गरेपनि विपक्षीहरुको वैमनस्यताका कारण सफल हुन नसकेको स्वीकार गरे ।
पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतना स्तरमा वृद्धि भएको छ । जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्ने कुरा छुट्याउन सक्छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका कृषिमा आधारित जनता अत्याधिक छन् । किसानलाई सिँचाई, मल तथा बिउबिजनको अभाव हुन नदिने गरी काम गर्ने, स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्ने उनको प्रतिबद्धता छ । आफू किसानकै छोरो रहेकाले किसानहरुको पीर मर्का आफूलाई राम्ररी थाहा छ, र गाउँपालिकामा कृषिलाई आधुनिकिकरण गरेर गाउँपालिकाको विकास गर्ने उनको दावी छ ।
यादवले गाउँपालिकाको जनताले आफूलाई पुनः विश्वास गर्ने दावी गरे ।
Discussion about this post