जनकपुरधाम,
स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते हुदैं छ । अब निर्वाचनको तीन दिन बाँकी मात्र रहेको बेला उम्मेदवारहरु जोडतोडका साथ चुनावी प्रचार प्रचारमा लागेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसँहिता अन्तर्गत आज राती १२ बजे देखी प्रचार प्रसार बन्द हुने भएको छ । आज जनकपुरमा विभिन्न राजनीतिक दल, स्वतन्त पदका उम्मेदवारहरुले हजारौंको संख्या ¥याली निकालिएको थियो । आज राती १२ बजे देखी प्रचार प्रसार बन्द हुने भएपछि उम्मेदवारहरु विहानै देखी नगरमा याली निकालिएको हो । यसै क्रममा जनकपुरधामको विभिन्न वडाका उम्मेदवारहरु पनि आफ्ने वाडमा ¥याली तथा घर देलो अभियान कार्यलाई निरन्तरता दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको २५ वडा मध्ये तीन वडामा कांग्रेस अगाडी देखिएको छ । जउनपाका वडा नं ३,५ र ७ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरु अगाडी देखिएको हो । आज विहान वडामा उम्मेदवारहरुको घरदैलो अभियान कार्यक्रम चलिरहेको बेला त्यहाँका मतदाताहरु संग सोध्दा वडामा कांग्रेस अगाडी छन् । नेकाँका वडा नम्बर ३ अध्यक्ष पदका उम्मेदवार प्रमोद कुमार साह,५ का ललित कुमार साह र ७ का निरज कुमार साह(मुन्ना) अगाडी देखिएको त्यहाँका मतदाताहरु बताउँछन् । यी तिनै वडा अध्यक्षका उम्मेदवार आ–आफ्नो वडामा निकै चर्चामा र बलियो छन् ।
वडा नं ७ का निरज धेरै कम समयमा जनता माझ आफ्नो पहिचान र पकड बनाउन एक सफल युवा हुन । उनी अहिले आफनो वडामा बढि चर्चामा रहेको छ । मतदाता समक्ष निरजले ,फोहरमैलाको व्यवस्थापन,धार्मिक स्थलको संरक्षण सम्वद्र्धन, शिक्षा, स्वास्थ्य, युवाका लागी सिप विकास लगायतका कार्य गर्ने प्रतिवद्धता जनाउँदै आइरहेका छन् । वडा नं ३ का प्रमोद कुमार साह एक असल व्यापारी हुन । उनी विगत २०४६ सालको आन्दोलनबाट नेपाली राजनीतिमा प्रवेश गरे । त्यही बेला कांग्रेसमा आवद्ध भइ निरन्तर रुपमा सक्रिय छ । उनी पार्टीको सिद्धान्त र निर्देशन अनुसार कार्य गर्दै विभिन्न समाजिक संघ संस्थाको प्रमुख पद समेत समहालि सकेका छन् ।
वडामा ब्याप्त बेथिती , बिसंगतीलाई हटाउन विकास तथा निर्माणको ढोका खोल्न आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए ।जनतालाई उनीहरुको मौलिक हक सुनिश्चित गर्न , शिक्षा , स्वास्थ्यको सुबिधाको पँहुच सबै जनतामा पु¥याउन ,आवश्यक रहेकाले आफू जनताको हितमा काम गर्ने लक्ष्यका साथ चुनावी मैदानमा आएको हो ।
साह जनकपुर जेसीजका पुर्व अध्यक्ष, महावीर युवा कमिटी लगायतका संघ संस्थामा आवद्ध हुन । वडा नं ५ का अध्यक्षका उम्मेदवार ललित साह जउनपामा निकै पहिचान बनाएका एक सफल युवा व्यापारी हुन । व्यापारीहरुको समय–समयमा पर्ने समस्याको समाधान देखी व्यापारी संग निरन्तर सहकार्य गर्दै आइरहेका छन् । व्यापारी माझ राम्रो पकड बनाएका उनी वडाको विकासका लागी नेकाँबाट अध्यक्षमा उम्मेदवारी दिएको छ । साह नेकाँमा २२ वर्ष देखी निरन्तर रुपमा लागि परेको छ । वडाको शिक्षा, स्वास्थ्य, सरसफाई, व्यवस्थापन र वडाको समग्र विकासका लागी उनले उम्मेदवारी दिएको बताए ।
Discussion about this post