जनकपरधाम, बैशाख ९ गते
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा मनोज साह निर्वाचित भएको छ ।
नेपाली काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा)ले ९ हजार ५ सय ३२ मत ल्याएका छन् । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५ हजार १ सय ९४ मत ल्याएका छन् । लालकिशोर निवर्तमान मेयर समेत हुन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याएका छन् ।
यस्तै जनकपुरधाम उपमहानगरको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएका छन् । उनले १५ हजार ५ सय २५ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन् । त्यस्तै लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर समेत हुन् ।
Discussion about this post