जनकपुरधाम, जेठ ११ गते ।
महोत्तरीको पिपरा गाउँपालिकाको नवनिर्वाचि जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज पिपरा गाउँपालिकाका नव निर्वाचित गाउँपालिका उपप्रमुख वन्दना पाण्डे लगायत सातै वडाका निर्वाचित वडा अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन । ।
आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित गाउँपालिका प्रमुख राम जानकी यादवले पालिका उप प्रमुख र सातवटै निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपिनीयताको खुवाएका हुन । नव निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिलाई गाउँपालिकाका निर्वाचन अधिकृत यादव प्रसाद पौडेलको रोहवरमा गाउँपालिका प्रमुखले आज सपथ खवाएका छन् ।
पिपरा गाउँपालिकाका नव निर्वाचित प्रमुख यादव र उपप्रमुखमा पाण्डे पद तथा गोपनीयताको सपथ लिए पश्चात आजै देखी कार्यभार सम्हालेका हुन ।
आयोजित पद तथा गोपिनीयताको सपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता,गा.पा.का वुद्धिजीवी,समाजसेवी र स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मुख्य निर्वाचन अधिकृतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित पालिकाका प्रमुखहरुलाई हिजो नै सपथ ग्रहण गराइ सकेका छन् ।
Discussion about this post