• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

प्रतिनिधिसभा ः नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा

Author Avatar न्युज डेस्क 26th May 2022 , 4:37 PM
प्रतिनिधिसभा ः नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा

काठमाडाँै, १२ जेठ (रासस)ः
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ । कार्यक्रममाथि संशोधनको सूचना पेश गर्नुभएका सांसदहरुको बोल्नेक्रम सकिएपछि अन्य सांसदहरुले छलफलमा भाग लिएर आआफ्ना धारणा व्यक्त गरिहनुभएको छ ।नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले गर्न नसकेका काम र विद्यमान अर्थतन्त्रका कारण सामना गर्नुुपरिरहेको परिस्थिति नियन्त्रणका लागि पनि नीति तथा कार्यक्रममार्फत कार्यक्रम अघि बढाइएकाले यो जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभयो । सीमा समस्याका सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरुबाट उठाइएका प्रश्नप्रति सङ्केत गर्दै उहाँले कूटनीतिक रुपमा सीमा विवादलाई सम्बोधन गर्ने भनेर उल्लेख भइसकेपछि त्यस विषयमा अन्य कुरा उठाइरहनु तर्क सङ्गत नहुनेमा जोड दिनुभयोे ।यसअघि बोल्ने प्रतिपक्ष दल नेकपा (एमाले) का संसदहरुले सीमा समस्याको कुरा सम्बोधन नभएको भन्दै संशोधनको सूचना पेश गर्नुभएको थियो । नेता सिंहले नागरिकताका सन्दर्भमा सहमतिका आधारमा समस्या समाधान गरिने स्पष्टरुपमा उल्लेख गरिएकाले प्रश्न गर्नुपर्ने कुरा नै नभएको बताउनुभयो । उहाँले ३३ बुँदामा दुई वर्षभित्र अव्यवस्थित बसोबासका समस्या समाधान गरिने कुरा सकारात्मक रहेको पनि चर्चा गर्नुभयो ।
बूढीगण्डकी आयोजना नेपालले गर्न नसक्ने हो र ? भन्दै उहाँले जोड दिनुभयो, “यस विषयमा प्रश्न उठाउनु कतिको औँचित्य छ, सोच्नुपर्छ ।” नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले नीति तथा कार्यक्रमका उद्देश्यहरु सकारात्मक रहेको बताउनुभयो । गरिबीको दर घटाउने, पर्यावरण संरक्षण, सुशासन, कृषकको संरक्षण, विकास, उद्योग प्रवद्र्धन, नेपाली सामान उत्पादन र उद्योगको प्रवद्र्धन गर्ने कुराहरु सकारात्मक रहेको बताउनुभयो ।आजको असामान्य अवस्था र जनताको अपेक्षालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले नयाँ कुरा माग गरिरहेको छ, उहाँले भन्नुभयो । सांसद बस्नेतले आर्थिक सूचकहरु सकारात्मक नरहेको अवस्थामा यस विषयमा अझै ख्याल गर्न र राजनीतिक सेवामा पनि व्यापारीकरण भइरहेकोतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय पुँजी निर्माणमा ध्यान पुगेन ः ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले आर्थिक हिसाबले मुलुक जटिल अवस्थामा छ भनेर कुनै पनि सङ्केत प्रस्तुत नीति तथा कार्यक्रममा नदेखिएको बताउनुभयो ।उहाँले मुलुकको सङ्कटप्रति दस्तावेज बेखबर रहेको र राष्ट्रिय पुँजी निर्माणमा पनि ध्यान दिन नसकेको आरोप लगानुभयो । सांसद ज्ञवालीले १३१ बुँदामा अन्य मुलुकमा सूचना आदानप्रदान गर्ने अमूर्त कुराले सुरक्षामा असर पु¥याउन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।  

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति