जनकपुरधाम, बैशाख १२ गते
मधेश प्रदेशको राजधानी जनकपुरधाममा नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम सफतापुर्वक सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिाधहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज जनकपुरधाम उपमहानगरपालिका आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नगर प्रमुख मनोज साहले निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन । नेपाली कांग्रेसका पुर्व उपसभापति तथा विमलेन्द्र निधिको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा नगर प्रमुखले साहले उपप्रमुख किशोरी साह, वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
वडा अध्यक्ष देवेन्द्र यादव(देवु),शिव कुमार साह, निरज कुमार साह(मुन्न), सुरेश झा,दिपेन्द्र साह,मिथिलेश कर्ण, दिनेश साह,परमेश्वर साह,अर्जन कुमार चौधरी,राघवेन्द्र साह लगायतका विभिन्न वडाका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर तथा अध्यक्षलाई पद तथा गोपनीयताको सपथ खुवाइसकेको हो ।
मंगलबार नै जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका १८ वटै पालिकाका प्रमुखलाई सपथ ग्रहण गराइसकेका हुन ।
धनुषामा एक उपमहानगर, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुखहरुले एकैसाथ सपथ ग्रहण गरेका थिए । आजको आयोजित सपथ ग्रहण कार्यक्रमलाई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।
Discussion about this post