जनकपुरधाम, बैशाख १३ गते
मधेश प्रदेशको राजधानी जनकपुरधामको नव निर्वाचित उपप्रमुखले पद ग्रहण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको नव निर्वाचित उपप्रमुख किशोरी साहले पद ग्रहण गरेका छन् । आज जउनपाको कार्यालयको पद तथा कार्यभार उपप्रमुख साहले सम्हालेका हुन ।
उप प्रमुख साहलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्य,परमेश झा,इन्जिनिरय विरेन्द्र यादव लगायत नेपाली कांग्रेसका जितेन्द्र प्रसाद साह,प्रफुल्लराज घिमिरे, कन्हैया कर्ण लगायतले स्वागत गरेका छन् ।
विहिवार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको समथ लिएका थिए ।
Discussion about this post