जनकपुरधाम,जेष्ठ १४ गते
पूर्व युवराज पारस शाह जनकपुरधाम आउने भएको छ ।
राष्ट्रवादी नागरिक समाज धनुषाको अगुवाईमा आइतवार (भोली) पारस शाह जनकपुरधाम आउन लागेको हो । भोलि विहान जनकपुरधाम आएपछि पारस शाहले जानकी मन्दिरमा पुजा अर्चना तथा धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाश जंग राणाले जानकारी गराएका छन् । शाहलाई जनकपुरधाममा राष्ट्रवादी नागरिक समाज धनुषाले भव्य स्वागत गर्ने छन् ।
Discussion about this post