जनकपुरधाम, जेष्ठ २० गते
स्थानीय तहको निर्वाचन समपन्न पश्चात आज कार्यपालिका सदस्य पदका लागी भएको निर्वाचनमा नेपाली कांग्रेसका र नेकपा एमालेका सदस्यहरु निर्वाचित भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको आज भएको कार्यपालिका सदस्यहरुको निर्वाचनमा नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ सदस्य निर्वाचित भएको हो । नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह र संतोष कुमार महतो निर्वाचित भएका छन् । निर्वाचित भएका राकेशले ८६, संतोष ७८ र दिपेन्द्रले ६८ मत प्राप्त गरे । सोही पदमा नेकपा एमालेका उम्मेदवार जयशंकर गुप्ताले २९ र नेपाली कांग्रेसका पंकज कुमार महतोले ४९ तथा रामप्रवेश ठाकुरले ३५ मत प्राप्त गरेका छन् ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट महिला सदस्यहरुमा फूल कुमारी देवी, मनीषा कुमारी देवी, शारदा पन्त, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् ।बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका थिए ।उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।
Discussion about this post