२ जेठ, काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा पछि मात्र तालमेल गर्ने बैठकमा निर्णय गरेको छ । आज लोसपाको कार्यसमितिको बसेको बैठकबाट निर्वाचनको मिति घोषणा पछि मात्र तालमेल गर्ने भएका छन् ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको निष्कर्ष छ ।चुनावमा पैसाको चलखेल हुनुका साथै राज्य शक्तिको व्यापक दुरुपयोग भएको समेत उसको दाबी छ ।आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलबारे तत्काल निर्णय नगर्ने लोसपाले बताएको छ । ‘चुनावको मिति घोषणा भएपछि हाम्रो माग मुद्दाबारे जो सकारात्मक हुन्छ, त्यही पक्षसँग सहकार्य गर्ने भन्ने भएको छ’, जसपा कार्यकारिणी सदस्य केशव झाले भने ।बैठकमा केही नेताले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी सहकार्यको चर्चाबारे पनि प्रश्न गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुरले आफूले पनि सञ्चार माध्यममा सुनेको भन्दै प्रस्ताव आए छलफल गर्ने बताए ।उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटबारे समेत ब्रिफिङ गरेका छन् । नागरिक विधेयक लगायतका पार्टीले उठाउँदै आएका मागमा प्रधानमन्त्री सकारात्मक रहेको उनले सुनाए ।बैठकले पार्टीका अरु मागलाई समेत समेटेर प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
Discussion about this post