जनकपुरधाम, असोज ८ गते
नेपाल वार एशोसिएशन जनकपुरधामको अध्यक्षमा बलराम सुवेदी निर्वाचित भएको छ । शनिवार समपन्न अधिवेशनबाट वार एशोसिएनशन जनकपुरधामको अध्यक्ष पदमा सुवेदी निर्वाचित भएको हो । वार एशोसिएशनको अध्यक्ष पदमा तीन जना उम्मेदवार मध्ये सुवेदी ८७ मत ल्याएर निर्वाचित भएको छ । उनका प्रतिद्वन्दी अनिल कुमार सदाले २८ मत प्राप्त गरेका थिए भने शिव कुमार सिंहले ९ मत ल्याएका हुन ।
उपाध्यक्ष पदमा अरविन्दलाल कर्ण, रामचन्द महतो र अशोक कुमार मिश्र उम्मेदवार थिए ।
वार एशोसिएशनको उपाध्यक्ष पदमा अशोक कुमार मिश्र निर्वाचित भएको छ ।
मिश्रले ६४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी अरविन्दलाल कर्ण ५४ र रामचन्द्र महतो ८ मत प्राप्त गरेका हुन ।
सचिब पदमा विजय कुमार ठाकुर विजय भएको छ । ठाकुरले ७५ मत ल्याएर विजयी भएको छ भने उनका प्रतिद्वन्दी राजकुमार महासेठले ४७ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष पदमा रिन्कु कुमारी यादवले ७२ मत ल्याएर निर्वाचित भएको छ भने उनका प्रतिद्वन्दी बरुण कुमार साहले ४७ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा रामसागर साह, रविशेखर ठाकुर,केदार अचार्य,अञ्जु मंडल,राहुल कुमार झा, श्यामिका महतो र शत्रुधन झा विजय भएका छन् ।
Discussion about this post