जनकपुरधाम, पुष २३ गते
नागरिकलाई सेवा दिने उद्देश्यले धनुषाको एक नगरपालिकामा निः शुल्क दन्त शिविर संचानल गरेको छ ।
शनिवार धनुषाको मिथिला विहारी नगरपालिकाको तारापट्टीमा निः शुल्क स्वास्थ्य शिविर अन्तर्गत दन्त शिविर संचानल गरेको हो । जनकपुरधामको प्रतिष्ठित गणेश युवा कमिटीले सप्ताह ¥यापी रुपमा मनाउँदै गरेको २३ औं वार्षिकोत्सवको अवसरमा आज दोस्रो दिन स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
गणेश युवा कमिटीले आयोजना गरेको निः शुल्क स्वास्थ्यमा तराई डेन्टल क्लीनिक र नव जीवन अस्पतालका चिकित्सकहरुले विरामीलाई चेकजाँच गरेका हुन । शिविरमा तराई डेन्टल क्लिनीकका संचालिका समेत रहकी दन्त चिकित्सक मिशा महासेठ लगायतले विरामी उपचार गरेको हो । आयोजना गरेको शिविरमा ३ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको कमिटीले जानकारी गराएको छ । यसै गरी गणेश युवा कमिटीले विभिन्न कार्यक्रम गरी सप्ताह ¥यापी रुपमा २३ औं वार्षिकोत्सव मनाउँदै छन् ।
Discussion about this post