जनकपुरधाम, पुष २७ गते
तराई मधेशमा बढदैं गइरहेको चिसोको मध्य नजर राख्दै आज एक वडामा कम्वल वितरण गरेको छ । वडा नं १ मा बसेका गरिव, विपन्न तथा असहाय परिवारलाई कम्वल वितरण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १ का अध्यक्ष शत्रुधन महतोको नेतृत्वमा आज कम्बल वितरण गरेको छ । बचौ र बचाउ, जाडोको कारण शितलहरबाट बचौं नाराका साथ वडा अध्यक्ष साह,स्थानीय चन्द्रशेखर अग्रवाल, किशन दिक्षित,कमलेश कुमार मंडल र चन्द्रनारायण मण्डलको सहयोगमा आज गरिव, विपन्न तथा असहाय परिवारलाई कम्बल वितरण गरेको हो । आज १ सय जनालाई कम्बल वितरण गरेका छन् भने भोलि पुन वितरणको कार्यलाई निरन्तरता दिने अध्यक्ष साहले जानकारी दिए ।
Discussion about this post