जनकपुरधाम, चैत २३ गते
जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी दिन प्रति दिन बढदै गइरेको छ । निर्वाचनको समय नजिकदै संगै जनकपुरधाममा चुनावी माहोल तातिएको हो ।विभिन्न राजनीतक दलका नेता तथा कार्यकर्ताहरु धमाधम आ–आफनो उम्मेदवारी घोषणा गर्न थालेका छन् । चुनावी महौल तातिए संगै जनकपुरधामको चिया पसल, पान पसल र विभिन्न सार्वजानिक स्थानहरुमा चुनावी चर्चा परिचर्चा भइरहेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ बाट वडा अध्यक्ष पदमा प्रमोद साहले उम्मेदवारी दिने तयारी रहेको छ । उनी नेपाली कांग्रेसबाट वडा नं ३ अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी रहेको बताए । वडामा ब्याप्त बेथिती , बिसंगतीलाई हटाउन विकास तथा निर्माणको ढोका खोल्न आफूले वडा अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् ।जनतालाई उनीहरुको मौलिक हक सुनिश्चित गर्न , शिक्षा , स्वास्थ्यको सुबिधाको पँहुच सबै जनतामा पु¥याउन , कृषिलाई आधुनिकरण गर्न आवश्यक रहेकाले आफू जनताको हितमा काम गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिन लागेको उनले दाबी गरेको होे ।
बिभिन्न बाहाना बनाउदै जनप्रतिनिधि जनताको कामबाट टाढा भागि रहेको , भष्ट्राचार बढेकोमा दुःख व्यक्त गर्दै उनले आफू वडा अध्यक्षमा विजयी भएयस्ता सबैखाले बिकृति बिसंगती हटाएर छाड्ने दाबी गरेका छन् ।वर्तमान जनप्रतिनिधिहरुले जनताको कामलाई आफ्नो काम मानेर गर्न नसकेकाले जनतालाई स्थानीय निकाय प्रतिनिधि बिहीन भएको महसुस भईरहेको बताए ।
निर्वाचनमा सही र सत्य एंव उपयुक्त उम्मेदवारलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन उनले सबै वडाबासीलाई आग्रह गरेका छन् ।
Discussion about this post