जनकपुरधाम, चैत २७ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेदवारहरुको नाम सिफारिश गर्न शुरु गरेको छ । सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अगाडी बढाएको छ ।
नेकपा एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुख पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ । आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए ।
नगर सचिव राजुकुमार साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको रुपमा र सर्वसम्मतरुपमा सिफारिस गरिएको बताए ।
Discussion about this post