जनकपुरधाम, बैशाख ५ गते
अगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव लक्षित नेपाली कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कार्यलाई निरन्तरता दिएको छ ।
अभियानलाई निरन्तरता दिदैं जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ वडा समिति नेपाली कांग्रेसले आज पनि सो अभियानलाई निरन्तरता दिएका हुन ।
अभियान अन्तर्गत नेपाली कांग्रेस वडा नं ७ का सभापति श्याम साहको नेतृत्वमा घर दैलौ आज गरेको हो ।
आज वडा समिति कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मतदाताहरु संग भेटघाट गरी अभियानलाई प्रभाकारी बनाएको छ ।भेटका क्रममा पार्टीका क्षेत्रिय प्रतिनिधि निरज कुमार साह(मुन्ना)ले हालसम्म प्राप्त उपलब्धी, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी चुनामा कांग्रेसले जित्नुपर्ने बताउँदै सोही लक्ष्य अनुसार अघि बढ्न सवैलाई आग्रह गरेका हुन । उनले कांग्रेस बाहेकका दलहरूमा विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति कायमै रहेको टिप्पणी गरे।उनले सबै दल विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने गरेको अवस्था छ, यो प्रवृत्ति अन्त्य गर्न पनि कांग्रसेको जित अपरिहार्य छ,’ उनले भने।उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि योजना व्यवस्थापन र सुशासनको मार्गमा प्रदेश अघि बढेको बताए।
Discussion about this post