जनकपुरधाम, बैशाख ७ गते
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मधेश प्रदेशमा कांग्रेसलाई सिध्याउने खेल भइरहको बताए ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको चुनाबका सन्दर्भमा सत्तागठबन्धनका नेताहरुबीच गरिएको भागबण्डाबाट कांग्रेसलाई सिध्याउने खेल भएको बताएका छन्। उनले मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी निर्णय भएको भन्दै यस्तो निर्णयले आगामी चुनाबमा समेत देशभर कांग्रेसलाई कमजोर बनाउने निधिले बताए।महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णय र देशभरका साथीहरुको भावना बिपरित रहेको निधिको भनाई छ। यस्तो आत्मघाती निर्णय नसच्याएमा भोलिका दिनमा कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने उनले उल्लेख गरे।
Discussion about this post