जनकपुरधाम, कार्तिक १७ गते
अगामी असोज ४ गते हुने भएको प्रतिनिधि सभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार उमेश साहको क्रेज बढदैं छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पुर्व अध्यक्ष तथा विभिन्न संघ संस्थामा आवद्ध रहेका स्वतन्त्र उम्मेदवार उमेश साहको दिन प्रतिदिन धनुषा क्षेत्र नम्बर ३ मा क्रेज बढदै गइरहेको हो । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार साहको घर दैलौ अभियान संगै दुवै गठबन्धनको उम्मेदवार भन्दा मजबुत स्थितिमा पुगेका हुन । धनुषा क्षेत्र नम्बर ३ का मतदाताहरुले भन्छन्, पटक–पटक यहि राजनीतिक दलका उम्मेदवारलाई स्थान दिए तर जनतालाई ठग्ने काम मात्र गरेको बताउँछन् ।
राजनीतिक दलका नेताहरु अहिले चुनावको बेला हाथ जोड्ने खुट्टा समात्ने काम चाहि नाटक मात्र हो । राजनीतिक दलका नेताहरु चुनावको बेला ठुला–ठुला भाषन गर्ने , जनतालाई झुठो आश्वासन दिने काम मात्र गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का राम सिनेही मुखिया बताउँछन् । पटक–पटक राजनीतिक दलका नेतालाई विकासको निम्ति अवसर दिए तर अब जनता सचेत भइसकेको छ यस पालि स्वच्छ र विश्वासिलो स्वतन्त्र उम्मेदवार उमेश साहलाई मतदाताले मतदान गर्नेछ भन्ने विश्वस्त छन् । घरदैलो अभियान सञ्चालन गरेसँगै स्वतन्त्र उम्मेदवार उमेश साहको धनुषा क्षेत्र नम्बर ३ मा क्रेज बढ्नुको साथै क्षेत्रमा मजबुत उम्मेदवारको रुपमा चिनिन थालेका छन् ।
अन्य उम्मेदवारको तुलनामा स्तन्त्र उम्मेदवार साह मजबुत बन्दै गएको धनुषा क्षेत्र नम्बर ३ का मतदाताहरु बताउँछन् । घर दैलौ अभियान संग संगै साहको पक्षमा मतदाताहरु खुलेर आउन थालेका छन् । स्वतन्त्र उम्मेदवार साह स्वच्छ छविका भएकोले मतदाताहरु चापाकल छापमा मतदान गर्न आग्रह गर्दै आइरहेका छन् । केहि दिन पहिला धनुषा क्षेत्र नम्बर ३ का स्वच्छ छवि भएका स्वतन्त्र उम्मेदवार साहको घरदैलौ अभियानमा खटिनेलाई खानाको व्यवस्था मतदाताहरुले नै गरेको थियो ।
Discussion about this post