धनुषा , औरही गाउँ पालिका वार्ड एक पौडेश्वरको बजार टोलमा समृध मधेसका लागी भन्दै गठन भएको जनमत पार्टीको प्रथम अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

बजार टोलमा भएको अधिवेशनले अशेस्वर साहनीको अध्यक्ष्ातामा १३ सदस्यीय वार्ड समिति चयन गरेको हो ।
बिहीवार भएको उद्घाटन समारोहको प्रमुख अतिथि दलित जनमत संघका संयोजक रघुबीर दासले मधेसी जनताले भोगदै आएको रंगभेद ,शोषन दमन विरुद्धको आवाजमा एकभएर संगठितभइ लागन आग्रह गरेका छन ।

कार्यक्रममा धनुषा क्षेत्र न 2 का संयोजक उपेन्द्र रोहिता , हंसपुर नगर पालिका नरैहियाका पार्टी प्रतिनिधि धनेश्वर यादव ,रेखा मंडल,प्रदीप चौधरी लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

Discussion about this post