जनकपुरधाम, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) की केन्द्रिय सदस्य एवं प्रदेश साँसद चमेली देवी दासले संघीयतालाई समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निरंकुश कदम चालेको एक कार्यक्रममा आरोप लगाएकी छन् ।

संघर्ष र युवाहरुको बलिदानबाट संघीयता आएको छ । संघीयतालाई समाप्त पार्नेलाई यही जनताले ध्वस्त पार्ने आफू विश्वस्त रहेको उनले भनिन, ‘प्रधानमन्त्री र राष्ट्रपति अलोकतान्त्रिक प्रक्रिया अपनाएर प्रतिनिधि सभा विघटन गरेको छ । संविधान निर्माण गर्नेले नै संविधान मिचेर अलोकतान्त्रिक कदम चालेकोले त्यस्ता प्रधानमन्त्रीलाई फासीको सजाय पनि कम हुनेछ ।’

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा जसपाद्वारा प्रम ओलीको राष्ट्रघाती कदमको विरुद्धमा गरेको गरेको ‘विरोध सभा’मा केन्द्रिय सदस्य दासले पार्टीको झगडाको कारण अलोकतान्त्रिक कदम चाल्नु कहाँको न्याय हो ? कोरोना महामारी रोगमा सरकारलाई बोक्नुपर्ने दायित्वबाट पन्छियो तर संविधानलाई मिचेर अलोकतान्त्रिक चल्दा लाजसम्म लागेन प्रश्न गरिन ।’
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्धमा पुस २७ गते जनकपुरधाममा हुन लागेको विरोध र्यालीमा सहभागीका लागि उनले सबैसँग आग्रह समेत गरिन ।
पार्टीका गाउँपालिका अध्यक्षद्वय गणेश मिश्र र लालबाबु यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अरविन्द साह, शत्रुधन यादव, जिल्ला सचिव घनश्याम यादव सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।
