जनकपुरधाम, पुस २४ गते । नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा राष्ट्रिय एकता अभियानका वक्ताहरुले जोड दिएका छन ।
शुक्रवार जनकपुरधाममा राष्ट्रिय एकता अभियानको सम्पन्न संघीय गणतन्त्रका लागि प्रथम राष्ट्रिय सम्मेलन कार्यक्रममा मुलुकलाई धर्मनिरपेक्ष बनाई हाम्रो हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रको अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष मुलुकलाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम नगरेसम्म हाम्रो आन्दोलन जारी रहने चेतावनी दिएका छन ।
उनले विदेशी डलरको लालचमा मुट्ठीभर हिन्दु विरोधी राष्ट्रहरुका दलाली गर्ने नेताहरुले संघीयताको नाममा विश्वमा एकमात्र हिन्दु राष्टलाई रातारात हाम्रो धर्म संस्कृतिमाथि प्रहार गर्दै धर्मनिरपेक्ष राष्ट बनाइयो ।

हिन्दु धर्म संस्कृतिमाथि प्रहार भएपछि त्यसको संरक्षणार्थ आन्दोलनको रुपमा संविधानको प्रतिलिपि जलाएर राष्ट्रिय एकता अभियान आन्दोलनको रुपमा अघि बढाइएको भन्दै मुलुक हिन्दु राष्ट कायम नभएसम्म हाम्रो आन्दोलन जारी रहने बताए ।
अध्यक्ष यादव हाम्रो मुलुकको राष्टियता र पहिचान कायम गर्न बदनियतपुर्ण तरिकाले लेखिएको संविधानमा संशोधन गरी धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट कायम गर्नैपर्छ नत्र हाम्रो अस्तित्व र पहिचान दुवै गुम्नेछ । आन्दोलनलाई अघि बढाउन युवाहरुको प्रमुख भूमिकाको आवश्यकता रहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष समाजिक अभियानी सुनिता साहले धर्म निरपेक्षको नाममा हाम्रो हिन्दु धर्म संस्कृतिमाथि प्रहार गरिएको भन्दै यसको संरक्षणका लागि हामी सबैलाई एकजुट भएर संघर्षमा लाग्नु पर्ने आवश्यकता रहेको बताईन ।
उनले भने राजनीतिक चलखेलमा केही नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न सनातनदेखि हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई धर्म निरपेक्षका नाममा हाम्रो धर्म संस्कृतिमाथि प्रहार गरिएकोले यसलाई बचाउन हामी सबै नेपालीको कांधमा जिम्मेवारी थपिएको छ ।
त्यस्तै अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले हिन्दु राष्टको मांग गर्दा हामीलाई राजावादीको आरोप लगाउने गरिएको छ । तर हामी राजावादी होइनौ, हामी हिन्दु धर्म संस्कृतिका रक्षक हौं । हामी हिन्दु राष्ट कायम गर्न अभियानलाई आन्दोलनको अघि बढाएका छौं ।
संघीय हिन्दु गणतन्त्रका लागि प्रथम राष्टिय सम्मेलन समितिका संयोजक राष्टिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका जिल्ला उपाध्यक्ष सीताराम यादव, अभियानका पर्सा प्रतिनिधि कृष्णा साह, बारा प्रतिनिधि ओमबाबु यादव लगायतका विभिन्न जिल्लाका प्रतिनिधिहरुले आ आफ्ना धारणा राखेका थिए ।
