अभिमनु कुमार पटेल
रौतहट ०७ माघ
रौतहटमा पहिलो पटक अपांग भएकाहरुको उच्च शिक्षा र सुरक्षित वातावरण सँगै अध्ययन गर्नको लागि सुबिधा सम्पन्न विद्यालयको निर्माण कार्य हुने भएको छ ।
अपांग भएका व्यक्तिको हकहित तथा सशक्तिकरणको लागि कार्य गर्दै आएका गैर सहकारी संस्था छाँया नेपालको सहकार्यमा जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ६ बसन्तपटी भेडि़याही टोल स्थित विधालयको नवनिर्मित भवन निर्माण हुन लागेको हो।
जिल्लाको १८ स्थानीय तहमा आफनो छुटै पहिचान स्थानमा गर्न हाल सम्म सफल हुदै गएको एक मात्र विकसित नमुना नगरको रुपमा परोहा नगरपालिकाका रहेको छ । नेपाल नगरपालिका संघ प्रदेश नं २ का सभापति तथा यस नगरका मेयर शेख वकिलको सकरात्मक सोचले आजको दिनमा चौतर्फी चर्चा सबै क्षेत्रको विकास कार्यहरुको प्रतिपक्षी दलका नेता कार्यकर्ताहरु समेत गर्न बाध्य बनेको छ । विकास कार्यको नमुना उदेश्यले गर्दा पहिलो पटक सुविधा सम्पन्न जिल्ला स्तरीय अपाङ्गता विद्यालयको स्थापना आफनो नगर भित्र गराएका हुन ।
२८ लाख ५० हजारमा ३ कट्ठा जग्गा खरीद गरेका छाँया नेपालले विद्यालय भवन निर्माणमा पनि आर्थिक सहयोग गरेका छन । ५७ लाखको लागतमा निर्माण हुने सो भवनको बुधवार एक कार्यक्रम बिच युवा मेयर शेख वकीलले शिलान्यास गरेका छन। छाँया नेपाल र परोहा नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माणमा कार्य अगाडी बढाईएको छ ।
शिलान्यास पछि सम्वोधन गर्दै युवा मेयर वकिलले छाँया नेपाल संस्थालाई धन्यवाद व्यक्त गरी अपाङ्गता अध्ययन केन्द्रको निर्माणले शारीरिक, मानसिक रुपमा अशक्त अपांग भएका बालवालिकाको उच्च र प्राविधिक शिक्षाको लागि ठूलो महत्वपूर्ण उपलब्धि हुने बताउनु भएको छ । शिक्षामा सबैको सम्मान पहुच हुन अतिआवश्यक विषय भएकोले अन्व्क्तसामान्य मानिस जस्तो अपांग भएका व्यक्तिहरुको लागि पनि जरुरी रहेको उहाँले पूकाश पारेका छन।
स्वास्थ्य, आत्मनिर्भरता एवं आर्थिक रुपमा सवल्ता बनाउने क्षेत्रमा पनि नगरपालिकाको साथमा सहकार्य गरी अगामी दिनमा यस छाँया नेपाल संस्थाको साथमा हातोमालो गरी हार्थिक लगानी गर्न आग्रह मेयर वकिलले गरे ।
जिल्ला भरीका अपांग भएका बालबालिकालाई अध्ययन गर्न, बस्न , खान लगायतका विभिन्न सेवासुबिधाको राम्रो व्यवस्थापन हुने बताए । सामुदायिक विद्यालयमा आफ्नो बालबालिकालाई अध्यनको लागि नियमित रुपमा अभिभावकहरुले पठाउनु पर्ने र विधालयमा हप्ताको एक दिन शिक्षा बारे एउटा जिम्मेवार अभिभावकको अधिकार निर्वाह गर्न अनिर्वाय जानुपर्छ भने उहाँले आग्रह समेत मेयर वकिलले गरेका छन ।
विधालय भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष जितेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, प्राविधिक प्रमुख दिपेन्द्र प्रसाद यादव, छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।