
सूचना डाइरी
रिपोर्टर
जनकपुरधाम, ११माघ, आइतबार
लैङ्गकि अल्पसंख्यकको अधिकार सुनिस्चित र सम्मान रूपमा बाच्न पाउने हकको सुनिस्चित गर्न हातेमालो गर्दै एक्ताबधभइ अवाज उठाउनुपर्ने जनकपुरधामकी उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले बताएकी छन् ।
निल हिरा समाज द्वारा आयोजित यौनिक तथा लैङ्गकि अल्पसंख्यकको यौन स्वास्थ ,मानव अधिकार तथा वकालत सम्बन्धि अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि उपमेयर मिश्रले सो कुरा बताएकि हुन ।

उपमेयर मिश्रले भनिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक हुनु कुनै पूर्वजन्मको पाप वा अभिशाप होइन भन्ने जनचेतनामूलक कार्यक्रम बेला बेलामा संचालन गर्नुपर्ने धारणा राख्दै यो समुदाय पनि सम्मानका हकदार हुन, यिनलाई गाली गर्न, गिज्याउन र अभद्र व्यवहार गर्न हुँदैन हाम्रो समाजमा यस्ता सन्तान जन्मेमा सम्बन्धित अभिभावक र परिवारलाई हिनताबोध हुन नदिन आवश्यक सरसल्लाह, परामर्श दिन सक्नुपर्छ ।शिक्षामा पनि विशेष जोड दिई आत्मसस्क्ती कारणभइ सचेत नागरिक समाजको भुमिका निर्वाह गर्नहुन उपमेयर मिश्रले भनिन ।
निल हिरा समाजकि अध्यक्ष पिन्की गुरुङको अध्यक्ष्ातामा भएको सो कार्यक्रममा संस्था कार्यक्रम सन्दर्भमा मनिशा ढकालले प्रकाश् पारेका थिइन ।
Discussion about this post