
ओ पि साह ,नेपाल
जनकपुर धाम१५ माघ ,बिहिवार
मानव सभ्यताका लागि प्राकृति ,जल,नदि तथा संस्कृति संरक्षण सम्बर्द्धन हुने मुख्य अभिप्रायका साथमा आज बिहिवार कमला नदि तटमा महाकमला कमला आरति सम्पन्न गरेका छन ।
कमला अभियान द्वारा प्रत्येक पुर्णिामाको दिन संचालित हुने कुम्भराम घाट शाहीद नगरपालिका -१ बालाबाखर द्वारा आयोजित बिरेन्द्र यादवको अध्यक्ष्ातामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मानव जीवनका लागि पानीको विकल्प नै नरहेकाले यसको संरक्षण गर्नुपर्ने धारणा राख्दै जल ,जंगल र जीवन बीच पारस्परिक संबंध रहेको जिकिर गरेका छन ।

मन्त्री सोनलले नेपालको अधिकांश खेती प्रणाली वर्षाको पानीमा निर्भर त्यसमा पनि जलवायु परिवर्तनको कारणले मनसुन तालिका फरक हुँदै गएको परिपेक्षमा वैज्ञानिक योजनाको साथमा कमला नदि लाई सक्दो सिचाइमा प्रयोग गर्नुपर्ने धारणा राख्दै कमला नदि ,पानी र हाम्रो संस्कृति प्राकृति पुजा संरक्षणमा सबैले जोड दिनुपर्ने बताएका छन ।

कार्यक्रममा जसपाका मुख्य सचेतक प्रदेश सभा सांसद प्रमेश्वर साह , शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादव, कमला अभियान का संयोजक बिक्रम यादव,समाजसेवी प्रभु दयाल जलान, कमला अभियानी विरेन्द्र यादव,सुरेन्द्र यादव,बिनोद कुमार महरा ,राजकिशोर सल्हैता,श्याम कुमार महतो लगाईत स्थानीय साधुसन्त नदी तटमा उपस्तिथि रहेका थिए ।