
जनकपुर धाम
धानुषा जिल्लाको जनकपुरमा भएको प्रदेश अधिबेशन सुरु भइ अबेर राती सम्म नाया कार्यसमिती चयन भइ प्रथम अधिबेशन सम्पन भएका छन ।नेपाल राहत शिक्षकको प्रदेश नं २ को अधिबेशनमा गंगा प्रसाद यादवको नेतृत्वमा सम्पुर्ण सदस्य निर्बिरोध चयन भएका छन।
चयन भएका नया कार्यसमितीको अध्यक्षमा गंगा प्रसाद यादव, सह अध्यक्षमा जिवछ यादव, उपाध्यक्षमा राम उदगार यादव, महिला उपाध्यक्षमा सुधा झा, महासचिवमा दिलिप महतो, उप महासचिवमा धर्मेन्द्र कुमार यादव, महिला उप महासचिवमा ललिता देवि यादव , महिला सचिवमा कामुर यादव, सचिवमा राजिव प्रसाद पटेल, कोषाध्यक्षमा राघबेन्द्र सिह, सह कोषाध्यक्षमा फुलेश्वर यादव त्यस्तै सदस्यहरुमा जितेन्द्र कुमार झा, शुशिला यादव, गौरी मण्डल, उमा कुमारी यादव निर्बिरोध चयन भएका छन।नव गठित समितीलाइ पद तथा गोपनियताको सपथ ग्रहन गराइएका छ्न।प्रदेश अधिबेशन तयारी समितीको आयोजना भइरहेको कार्यक्रम शुक्रबार उदघाटन सत्र र बन्द सत्र भएको थियो।

अधिबेशनको उधघाटन शत्रमा बोल्दै केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले भन्नू भयो कि राहत शिक्षकहरुको जायज माग सम्बोधन गर्नको लागि सरकार गम्भीर नरहेको बताए, अधिवेशन बाट चयन समितीले उठाएको जायज माग सम्बोधन गराउने प्रतिबध्ता गरेका छन।हाल सम्म कार्यरत राहत शिक्षकहरु लाई स्वत स्थाइको लागि प्रक्रीया अगाडि बढाउन महोत्तरी जिल्लाका शिक्षिका सुधा झाले माग गरेका छन, हामिले परीक्षा बाट छनौट भइ आएको छौ अब बिना परीक्षा हामिलाइ स्थाइ गरिनु पर्ने जोडदार माग गरेका छ।

केन्द्रीय सह अध्यक्ष कृष्ण बिष्टको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथीमा नेपाल राहत शिक्षकका केन्द्रीय अध्यक्ष खेमराज अधिकारी, विशिष्ट अतिथीमा बिरेन्द्र मल्ल, बिरेन्द्र पासवान, केन्द्रीय उपाध्यक्ष प्रदिप यादव, केन्द्रीय महासचिव कुमार बजगाइ, प्रदेश नं ३ का संयोजक बासु अधिकारी लगायत प्रदेश नं २ का आठ ओटै जिल्लाका जिल्ला अध्यक्ष र प्रदेश नं २ का प्रत्येक जिल्लाबाट राहत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो।अधिवेशन तयारी समितिको संयोजक कृष्ण बिष्ट, सद्स्यहरुमा लक्ष्मन प्रसाद यादव, लगायत आठ ओटै जिल्लाका जिल्ला अध्यक्षहरु सदस्य रहेका छन् ।