
राम भरत शाह
जनकपुर धाम,१३ बिहिवार ,फागुन
धनुषा जिल्लाका बिदेह नपा वडा ४ ठाडी टोल निवासी अन्दाजी वर्ष ५० का सुक्खा पासवान भनिने सुरज पासवान आज ५ दिन देखि न्यायका निमित जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा देखि राजनीति दलका नेताहरूलाई गुहार्दै हिडेका छन।भय र त्रासका कारण गाउँ पस्न नसकेका सुरज ९ फागुन देखि गाउँ फर्केका छैनन,आखिर किन?
बिदेह नपा वडा ४ का वडाध्यक्ष बिनोद गोहितमान र स्थानीय प्रहरीको मिलोमतोका कारण सुरज गाउँ छाडन बाध्य भएको छ।घटना फागुन ९ गतेको हो, सुरज पासवानको घर अगाडि नक्सा अनुसार २० फिटको बाटोलाई वडाध्यक्ष बलजफ्ती १० फिट मिची सार्वजनिक भवन निर्वान गर्न लाग्दा बाटो नमिच्न भन्दा निज वडाध्यक्ष गोहितमानले आफ्ना लठैतहरको सहयोगमा सुरज पासवानलई घरबाट बोलाएर वडा कार्यालयमा बन्धक बनाई प्रहरी राम प्रमोद यादवको उपस्थितिमा कुटपिट गर्दागर्दै प्रहरीले केही नबोल्नु प्रहरी समेतको संलग्नता रहेको स्पष्ट देखिन्छ, पीडित सुरजलई दुईटै कन्चटमा हिडकाउँदा तिनका बायाँ कान नसुन्ने र कानको जाली फुटेको सि टि यस्कैन रिपोर्ट बाट प्रष्ट भएको बुझिन्छ।हाल सुरज पासवान अदालतको शरणमा गएको छ।वडाध्यक्षको दवंगाईमा उक्त नपाको मेयर समेतको आन्तरिक समर्थन रहेको पीडितको भनाइबाट स्पष्ट बुझिएको छ।