
सूचना डायरी डेस्क
जनकपुर धाम १४ शुक्रबार , फागुन
किसानले दुध उत्पादनगरे देखि बिक्री वितरण सम्म व्यवस्थित बनाउन दूध तथा दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तर कायम गर्ने अभिप्रायका साथमा ढलकेवरमा आज शुक्रबार देखि ५ दिने तालीम संचालन भएका छन ।केन्द्रिय पशुपन्छी पालन सहकारी संघ लि . नयाँ बानेश्वर ,काठमाडौका अध्यक्ष बावुराम अधिकारीको अध्यक्ष्ातामा तथा रास्टिय सहकारी महासंघका संचालक राम बाबु यादवको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको हो।

कार्यक्रमका प्रमुख अतिथि यादवले कृषिप्रधान देश नेपाल अझै तराईमा दुग्ध उत्पादनमा अपार संभावना रहेका बताउदै नेपाल दुग्ध जन्य पदर्थमा आत्मनिर्भर भइ हजारौं रोजगारी प्राप्त गर्ने र जहाँ चुनौती हुन्छन् त्याहि अवसर हुने कुरा किसान अगुवालाई मन्न्न गरि अगाडि बढन आजको प्रतिस्पर्धात्मक युगको आवश्यकतामा जोड दिदै ।दुग्ध व्यवसायी किसानहरू सम्बन्धी निर्देशिका, २०७५सम्बन्धि प्रकाश् पारेका थिए ।राष्ट्रिय दुग्ध विकास वोर्ड ,हरिहर भवन पुलचोक ,ललितपुरको सहकार्य तथा केन्द्रिय पशुपन्छी पालन सहकारी संघ लि . नयाँ बानेश्वर ,काठमाडौको आयोजनामा संचालित तालिम फागुन १८ गते सम्म संचालन हुनेछन् ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि को केन्द्रीय उपाध्यक्ष संजय कुमार साह,सहकारी अभियन्ता कपलेश्वर महतो लगायतकाले दुग्ध उत्पादन किसान तथा गुणस्तर सुधार सम्बन्धमा विचार व्यक्त गरेका थिए। कार्यक्रम उदघाटन सत्र संचालन संचारकर्मी ओ पि शाहले गरेका थिए ।