
सूचना डायरी डेस्क
जनकपुरधाम , फागुन १५
व्यपारी समृद्ध भए देश समृद्ध हुने मुख्य मोटोका साथमा
धनुषाको उद्योग वाणिज्य संघको अासन्न निर्वाचनमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने घाेषणा गरेको छन् । शनिबार धनुषामा पत्रकार सम्मेलनकाे अायाेजना गरि शिवम ट्रेडर्सका सञ्चालक समेत रहेका साहले अागामी चैत २८ गते हुने संघको निर्वाचनमा उपाध्यक्ष पदमा अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । पत्रकार सम्मेलमा उनले अाफू सबैजना उद्योग व्यवसायी साथीहरुकाे अाशा र भराेसाकाे सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने व्यवसायी समृद्ध भए मात्र देश समृद्ध हुन्छ ।

कुनै पनि संस्था या संगठनकाे नेतृत्व गर्नु भनेकाे अाशा र भराेसाकाे सम्बाहक बन्नु हाे र मैल पनि मेरा सहकर्मी , सह्दयी सबैजना उद्योग व्यवसायी साथीहरुकाे अाशा र भराेसाकाे सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । धनुषा जिल्लाका सम्पूर्ण उद्योग व्यापारी तथा व्यवसायीहरुकाे हकहितकाे संरक्षण तथा सम्बद्रधन गर्दै राष्ट्रकाे अार्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन अाफूले भूमिका निर्वाह गर्ने उनले जानकारी गराए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न व्यापार संघलाई अझ बलियो र सबल बनाउन अाफूले अब अाउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने लगायतका २० बुँदे घाेषणापत्र समेत सार्वजनिक गरेका छन् ।