
असार २२ मंगलबार
सूचना डायरी संवाद दाता
जनकपुरधामका स्वच्छता अभियानी शिक्षण पेसा संग आवद्ध शिक्षक दिपक ठाकुरले एक प्रेणात्मक संदेशका साथमा आफ्नो ७ औं बैबाहिक वर्षगाँठ वृक्षारोपण तथा वितरण गरेर मनाएका छन् ।अहिले कोरोना माहमारीको समयमा एक महत्त्वपूर्ण शिक्षा प्राकृति बिना जिवनको कल्पना गर्ननसिकिने हुनाले प्राकृति पर्यावरण संरक्षण सम्बर्द्धन माथि जोड दिँदै वैवाहिक वर्षगाँठको अवसरमा ठाकुरले आफ्नो जन्मभूमी धनुषाको बहुअर्वामा वृक्षारोपण गरेका हुन ।
पर्यावरण संरक्षण को लागि युवाहरुलाइ अगाडी आउन अनुरोध गर्दै मलेसियन सखुवा, आमला, कटहल, सिसो, बेल तथा नीमका वृक्षहरु रोपेर उनले आफ्नो वर्षगाँठ मनाएका छन् । सेभ नेचर सेभ लाइफ अभिप्रायका साथमा उनले आफ्नो खेतबारिममा वृक्षारोपण गर्न आग्रह गर्दै स्थानीयबासीलाई केही विरुवाहरु वितरण समेत गरेका छन् । ठाकुरका पिता सेवानिवृत शिक्षक रामचन्द्र ठाकुरले गाउँभरी बिरुवा बाँडेका थिए ।सो अवसरमा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, दन्त चिकित्सक डा. सज्जन ठाकुर, चन्दन राय, गुड्डु झा, दिपक चौधरी लगायतकाहरूको समेत उपस्थिति रहेका थियो ।
Discussion about this post