
बिरगंज । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगन्जमा दुई दिनदेखि प्रदर्शन भइरहेको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीकै असन्तुष्ट पक्षले शनिबार दिउँसो पनि प्रदर्शन गर्यो ।सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्काे नाराबाजी गरेका थिए ।

सांसद प्रदीपका कार्यकर्ताहरुले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।मोटरसाइकल जुलुस घण्टाघर चोकमा पुगेपछि उपेन्द्र यादवको पुतला दहन गरिएको थियो ।शुक्रबार जसपाबाट केन्द्रीय सरकारमा चारजना मन्त्रीले शपथ लिएका थिए ।