
इन्द्रभुसन यादव
जनकपुर धाम
जेसीज जनकपुरको आयोजनामा युवाहरूमा सकारात्मक सोचाइ विकास अभिबृधीका लागि एक दिवसीय Grow & Glow training program जेसीज सचिवालयमा कार्यक्रम सप्पन्न गरेका छन ।जनकपुर जेसीज वर्ष २०२१का अध्यक्ष जेसी मनोज कुमार साहको अध्यक्षता तथा तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज १९९६ का रास्टिय अध्यक्ष एवं जनकपुर जेसीजका पुर्व अध्यक्ष , वरिष्ठ अधिवक्ता जेसीआइ सिनेटर सुरेन्द्र महतोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा प्रशिक्षक तथा प्रमुख आतिथी महतोले आजको व्यस्त जिवनसैलीमा सफल र समृद्ध जिवनका लागि सकारात्मक सोचाइ अति आवश्यक रहेको बताए ।सकारात्मक सोच एक ‘कौशल’ जीवन काला हो, जसले खुसी सिर्जना गर्न सिक्न सकिन्छ। खुसी जीवनमा सकारात्मक परिणामहरूको कारण हो, परिणाम होईन भन्दै धनले खुसी ल्याउँदैन, तर समाजको हितका लागि कसैको सम्पत्ति प्रयोग गर्दा व्यक्तिगत खुसी हुन्छ। आनन्दित व्यक्तिहरूको धार्मिक वा आध्यात्मिक विश्वास बढी हुने कुरामा जोड दिएका थिए ।
तालीममा १८देखि ४० वर्षका भित्रका करिब चार दर्जन युवाहरुका सहभागिता रहेका थिए ।कार्यक्रममा जनकपुर जेसीजका निवर्तमान अध्यक्ष जेसी गौतम कुमार साह , जेसी डा राजेस कुमार मंडल ,जेसी यातोस कुमार साह , स्वास्थय सहायक कमल कुमारी मंडल लगायतका उपस्थिति रहेका थिए ।