जनकपुरधाम, बैशाख २४ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका गणेश ठाकुरले आफू निर्वाचित भए वडाको सर्वांगिन विकासका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गणेशले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्नुका साथै वडा भित्र रहेको मठ मन्दिरको सौन्दर्यीकरणका लागि पहल गर्ने जनाए ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, प्राथमिक स्वास्थ्यचौकीलाई व्यवस्थित गर्नका लागि वडावासीसंग प्रतिवद्धता व्यक्त गरेका हुन् । सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउने लगायतका एजेण्डाहरु आफ्नो रहेको उनले बताए ।
Discussion about this post