जनकपुरधाम, बैशाख २५ गते
अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । स्थानीय निर्वाचनको समय ५ दिन मात्र बाँकी हुदा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का अध्यक्ष पदका उम्मेदवार गणेश ठाकुरको व्यापक चर्चा भइरहेको छ । वडा अध्यक्ष पदका उम्मेदवार ठाकुर सहित महिला सदस्य नितु कुमारी मल्लिक,मिता देवी यादव,दलित सदस्य पदका उम्मेदवार मनिषा कुमारी र मनोज कुमार साह व्यानलकै व्यापक चर्चा भइरहेका छन् । ती उम्मेदवारहरु चुनावी प्रचार प्रचारलाई कार्यलाई तिव्रता दिदैं घर दैलो अभियानलाई निरन्तरता दिएका हुन । अध्यक्ष पदका उम्मेदवार ठाकुरले निकै कम समयमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका उनी बढि चर्चामा छन् ।
उनले सधै जनताको सेवामा लागी पर्ने र जनताको ह्दयमा घर बनाउन हामीले उम्मेदवारी दिएको बताए । यहाँका जनताले पुरै प्यानललाई नै विजयी गराउछ भने विश्वास छ । उनी विहान आफ्ना वडाको टोल–टोलमा पुगि वडाबासीको समस्या बुझदैं आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आइरहका छन् ।मतदाता समक्ष ठाकुरले ,फोहरमैलाको व्यवस्थापन,धार्मिक स्थलको संरक्षण सम्वद्र्धन, शिक्षा, स्वास्थ्य, सिप विकास लगायतका कार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
Discussion about this post