जनकपुरधाम,
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार अन्जल साहले मतदाताहरुको बिच नै रहेर आफूले गाउँपालिका विकासका लागि काम गर्ने बताएका छिन । मत पाएपछि जनप्रतिनिहिरु मतदातालाई अनुहारसम्म देखाउँदैनन् आरोप लागि रहेको समयमा साहले आफू निर्वाचन भएपछि यीनै मतदाताहरुका बिच रहेर गाउँपालिका विकासको योजना बनाउने बताइन ।
घरदैलो अभियानको क्रममा गाउँपालिकाको एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी साहले आफूलाई गाउँपालिकाको सर्वांगिन विकासको धोको रहेकोले उम्मेदवारी दिएको बताइन । उनले गाउँपालिकाका अधिकांश मतदाता आफ्नो पक्षमा रहेको दावी गरिन । म गाउँपालिकामा परिर्वतन ल्याउन खोजेको र परिवर्तनकै लागी उम्मेदवारी दिएको बताइन ।
उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग ठोस योजना रहेकोले, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’
साहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन । उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने दावी गरिन ।साहले शिक्षा, स्वास्थ्य, सुरक्षा, सरसफाइ, स्वरोजगार, खेलकुद, संस्कृति र पर्यटन, सुशासन, सेवामुखी पालिका, पर्यावरण र हरित क्रान्ति तथा स्वरोजगारलाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेका हुन् ।गरिब तथा विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था गर्ने उनले बताइन ।
यस्तै हरेक घरको स्वास्थ्य सम्बन्धी जानकारी पालिकामा राखने र आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयम सेवक बनाइने उनले भनिन्
Discussion about this post