ओ पि साह ,नेपाल
बर्दिबाँस, १४ माघ
स्थानीय सरकार र नागरिक समाज विच सहकार्य र समन्वय भई कार्य गरे मात्रै सुशासन र पारदर्शिता हुने एक सम्बाद कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
नागरिक समाज तथा समाजिक संध संस्था र स्थानीय सरकार बीच समन्वय र सहकार्य बिषयक सरोकारवाला बीच सम्बाद कार्यक्रममा नगरीक समाज र स्थानीय सरकार बीच सहकार्य र समन्वय बढाएर कार्य गरे मात्र सुशासन ,पारदर्शिता र जवाफदेहिता कायम हुने नागरिक समाजले दावी गरेका छन् ।वर्दिवास नगरपालिका वार्ड नम्बर १ कि वार्ड अध्यक्ष उषा ढकालकि अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वर्दिवास नगरपालिकाकि उप प्रमुख कृष्ण माया गौतमले स्थानीय तहले पनि नागरिक समाज संग समन्वय र सहकार्य गर्नुपर्ने र नागरिक समाजले पनि स्थानीय तह संगै आफना कार्यक्रम लैजानुपर्ने कुरा बताएकी हुन ।
सम्बाद कार्यक्रममा जनकपुर धामकि उप मेयर रिता मिश्र ,मिथिला नगरपालिकाकि नगर उप प्रमुख तारा लामा ,प्रेस काउन्सिलका पुर्व निर्देशक पत्रकार नवल किसोर यादवले कार्यक्रम संदर्भमा प्रकाश् पारेका थिए भने कार्यक्रम संचालन राम छविल यादवले गरेका थिए ।