जनकपुरधाम, चैत १० ।
स्थानीय तहको निर्वाचन नजिकिएसंगै अकांक्षीहरु विस्तारै खुल्न थालेका छन् । यसकै क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव फूलदेव पण्डितले वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सामाजिक कार्यमा सक्रिय रह्ने पण्डितले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२बाट वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् । जनकपुरधामको ग्रामीण वडाको रुपमा रहेको सो क्षेत्रमा विकासको लहर ल्याउने उद्देश्यका साथ आफू वडाध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएको पण्डितले बताए ।
युवाहरु बिच सामाजिक कार्यकर्ताको रुपमा राम्रो पहिचान बनाएका पण्डित निरन्तर आफ्नो क्षेत्रको विकासका लागि पहल गरिरहेका हुन्छन् । उनको यही सक्रियताकै कारण जनकपुरधामका व्यापारीहरु उनी माथी विश्वास गरेर जनकपुरधाम उद्योग वाणिज्य संघमा अत्याधिक मत दिएर विजयी बनाएका थिए ।
यसका साथै युवाहरुमा राजनीतिप्रति वितृष्णा जागिरहेको समयमा राजनीतिबाटै सामाजिक तथा आर्थिक परिवर्तन गर्न सकिन्छ भन्ने सोच स्थापित गर्ने उद्देश्यले आफू मूलधारको राजनीतिमा सक्रिय हुन लागेको उनको भनाई छ ।
आफू वडाध्यक्षमा आए आफ्नो वडावासीको आधारभूत आवश्यक्ता पुर्ती र विकासको दृष्टिले नमूना वडाको रुपमा विकास गर्ने अठोटका साथ काम गर्ने पण्डितले बताए ।
Discussion about this post